दफा ६
फर्म वा संगठीत संस्थाले गरेको अपराधको दायित्व
कुनै फर्म वा संगठीत संस्थाले यो ऐन वा यस ऐन अन्तर्गतको नियम वा आदेश उल्लंघन गरेमा फर्मको हकमा सो फर्मका हिस्सेदार र कुनै संगठित संस्था भए सो संस्थाको कामकाज गर्ने मुख्य प्रशासकीय अधिकारी दफा ५ को उपदफा (१) को प्रयोजनको लागि सजायको भागी हुनेछ । तर आफू हिस्सेदार वा त्यस्तो प्रशासकीय अधिकारी हुनुभन्दा अगावै गरेको काम कुराका हकमा वा सो उल्लंघन भएको कुरा थाहा पाउन नसक्ने स्थिति थियो भन्ने प्रमाणित गरेमा सो व्यक्ति त्यस्तो सजायको भागी हुनेछैन ।